रोमी 14:5-6 - Compare All Versions
रोमी 14:5-6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ। जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ।
रोमी 14:5-6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै व्यक्तिले कुनै दिनलाई अर्को दिनलाई भन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्न सक्छ। प्रत्येक व्यक्ति यसबारे आफ्नो मनमा आफैँ पूरा निश्चिन्त हुनुपर्छ। जसले एक दिनलाई अरू दिनभन्दा विशेष दिन ठान्छ, त्यसले त्यो प्रभुको निम्ति गर्दछ। जो मांसहारी छ, त्यसले त्यो प्रभुको निम्ति खान्छ, र प्रभुलाई धन्यवाद दिन्छ; र जो शाकाहारी छ, त्यसले त्यो प्रभुको निम्ति खाँदैन, र प्रभुलाई धन्यवाद दिन्छ।
रोमी 14:5-6 NERV (पवित्र बाइबल)
कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ। जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ।
रोमी 14:5-6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
कसैले कुनै दिनलाई अरू दिनभन्दा मुख्य र ठूलो ठान्छ तर कसैले सबै दिन एकै हो भन्छ। हरेक मानिसले आफ्नो-आफ्नो मनमा आफूले विश्वास गरेको कुरा पक्का गर्नुपर्छ। कुनै दिन मुख्य ठान्नेले परमेश्वरकै आदरको निम्ति ठान्छ, खानेले परमेश्वरकै आदरको निम्ति खान्छ किनभने उसले परमेश्वरलाई धन्यवाद चढाएर खान्छ। नखानेले पनि परमेश्वरलाई धन्यवाद चढाएर उहाँकै आदरको निम्ति खाँदैन।