रोमी 14:11-12
रोमी 14:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।” यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।

रोमी 14:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ ” यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
रोमी 14:11-12 पवित्र बाइबल (NERV)
हो, धर्मशास्त्रमा लेखिएको छः “‘जसरी म जिबित छु,’ परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिस मेरो सामु झुक्नेछ; अनि प्रत्तेकले मलाईनै परमप्रभु हुन् भन्नेछन्।’” यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।
रोमी 14:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धर्मशास्त्रमा लेखिएको छ, “प्रभु परमेश्वर भन्नुहुन्छ, ‘म जीवित भएझैँ साँच्चै भन्दछु, सबै मानिसहरू मेरो अघि झुक्नेछन्, सबैले मलाई परमेश्वर भनी मान्नेछन्’। त्यसो हुँदा हामीहरू सबैले आ-आफ्नो हिसाब परमेश्वरलाई बुझाउनुपर्छ।