रोमी 13:1-14

रोमी 13:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सबैले आफ्‍नो सरकारलाई मान्‍नुपर्दछ किनभने परमेश्‍वरको इच्‍छाबिना कुनै सरकार टिक्‍न सक्‍दैन। सबै सरकारलाई परमेश्‍वरले नै खटाउनुभएको हो। कसैले सरकारको विरोध गर्छ भने उसले परमेश्‍वरको आज्ञालाई नै विरोध गर्छ। यसो गर्नेहरूले सजाय पाउनेछन् किनभने सरकारदेखि त असल काम गर्नेहरूले होइन तर खराब काम गर्नेहरूले नै डराउनुपर्दछ। के तिमीहरू सरकारदेखि निडर हुन चाहन्‍छौ? त्‍यसो भए असल काम गर र तिमीहरूले उनीहरूबाट स्‍याबासी पाउनेछौ किनभने शासन गर्नेहरू परमेश्‍वरका सेवकहरू हुन् र उहाँले तिनीहरूलाई तिमीहरूको भलाइको लागि नै खटाउनुभएको हो। तिमीले खराब काम गर्छौ भने मात्र सरकारदेखि डराओ किनभने सरकारलाई दण्‍ड दिने अधिकार छ। सरकार त खराब काम गर्नेहरूलाई दण्‍ड दिने परमेश्‍वरको सेवक हो। दण्‍ड नपाऊँ भनेर मात्र होइन तर आफ्‍नो विवेकले यसो गर्नु ठीकै हो भनेर पनि तिमीहरूले सरकारलाई मान्‍नैपर्छ। तिमीहरूले कर तिर्नुपरेको कारण पनि यही हो किनभने सरकारले आफ्‍नो कर्तव्‍य पूरा गरेको बेला परमेश्‍वरको लागि काम गरिरहेको हुन्‍छ। तिर्नुपर्नेलाई तिर्नुपर्ने सबै कुरा तिरिदिनू, कर तिर्नुपर्नेलाई कर र भन्‍सार तिर्नुपर्नेलाई भन्‍सार तिरिदिनू। त्‍यसै गरी मान गर्नुपर्नेलाई मान गर। तर एक-अर्कालाई माया गर्नुबाहेक अरू कुनै कुरामा कसैको ऋणी नहोओ किनभने अरूलाई माया गर्नेले व्यवस्था पूरा गरिसकेको हुन्‍छ। व्यवस्थाभित्र व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, चोरी नगर्नू, लोभ नगर्नू भन्‍ने आज्ञाहरू पर्दछन्। आफूलाई जस्‍तो माया गर्छौ, अरूलाई पनि त्‍यस्‍तै माया गर्नू भन्‍ने सबै व्यवस्था र आज्ञाको सार हो। माया गर्नेले अर्काको कुभलो गर्दैन। यसैकारण माया गर्नु व्यवस्था पूरा गर्नु हो। याद राख, कस्‍तो समय आउन लागेको छ। तिमीहरूलाई पनि थाहै छ, अब तिमीहरूले निद्रा त्‍यागेर उठ्‍ने बेला आएको छ। हामीले पहिले विश्‍वास गरेको बेलाभन्दा पनि अब हामीलाई पूरा मुक्ति हुने बेला झन् नजिक आएको छ। रात धेरै बितिसक्‍न लाग्‍यो अब उज्‍यालो हुनै आँटेको छ। अन्‍धकारमा गरिने खराब काम त्‍यागौं। अन्‍धकारसँग लड्‍न ज्‍योतिका सेनाझैँ तयार हौं। दिनको उज्‍यालोमा सुहाउने गरी इमानदार भएर काम गरौं। रातको झैँ मोज-मज्‍जा गर्ने, मात्तिने, व्यविचारी गर्ने, जथाभाबी गर्ने, झगडा वा डाहा गर्ने कामहरू छोडिदिऊँ। तर येशू ख्रीष्‍टलाई नै धारण गरौं, अनि शारीरिक स्‍वभावको इच्‍छा पूरा गर्नतिर नलागौं।

शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्

रोमी 13:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ। किनकि परमेश्‍वरले नियुक्त गर्नुभएको अधिकारीबाहेक अरू कुनै अधिकारी हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्‍वरबाटै नियुक्त भएका हुन्छन्। फलस्वरूप, जसले अधिकारीहरूको विरोध गर्दछ, तिनीहरूले परमेश्‍वरले स्थापना गर्नुभएको कुराको विरोध गरेका हुन्छन्। यस्तो गर्नेहरूले आफूमाथि न्याय ल्याउनेछन्। किनकि शासकहरू उचित काम गर्नेका निम्ति होइन, तर अनुचित काम गर्नेका निम्ति डरका कारण हुन्। अधिकारीको डरबाट तिमी स्वतन्त्र हुन चाहन्छौ? त्यसो भए उचित काम गर, र तिम्रो अधिकारीहरूबाट प्रशंसा पाउनेछौ। किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्‍वरका सेवक हुन्। तर खराब काम गर्छौ भने डर मान। किनकि शासकहरूले व्यर्थैमा तरवार भिरेका हुँदैनन्। तिनीहरू परमेश्‍वरका सेवकहरू हुन्, जसले अनुचित काम गर्नेहरूमाथि परमेश्‍वरको क्रोध ल्याउँछन्। यसकारण अधिकारीहरूका अधीनमा बस्‍नु आवश्यक छ। सजाय पाउने डरको कारणले मात्र होइन, तर विवेकको कारणले पनि तिनीहरूका अधीनमा रहनुपर्छ। यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्‍वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्। तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्‍नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ। पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ। किनकि आज्ञाहरूले भन्छ: “व्यभिचार नगर्नू,” “मानव हत्या नगर्नू,” “चोरी नगर्नू,” “लोभ नगर्नू,” र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, “तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।” प्रेमले छिमेकीलाई हानि पुर्‍याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो। वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समय अगिबाट नै आइसकेको छ। किनकि हामीले पहिला विश्‍वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ। रात बित्न लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौँ। दिनको उज्यालोमा झैँ, हामी असल चालचलनमा जिऔँ, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्‍ट आचरणमा होइन, झगडामा र डाहमा होइन। बरु प्रभु येशू ख्रीष्‍टलाई धारण गरेर जिओ, र आफ्ना शारीरिक स्वभावका अभिलाषा कसरी पूरा गर्ने भनेर मन नलगाओ।

शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्

रोमी 13:1-14 पवित्र बाइबल (NERV)

तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। यसैले जो शासकहरूको विरोधमा जान्छ ऊ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ ऊ दण्डित हुनेछ। ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने ऊ परमेश्वरको सेवक हो। तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ। अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्। तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर। तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ। म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।” यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।” प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो। मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। “रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ। दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।

शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्

रोमी 13:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌। यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌। किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ। किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌। यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ। यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌। तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर। आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ। “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।” प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो। यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं। दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन। तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।