रोमी 12:6-8
रोमी 12:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार, सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
रोमी 12:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार, सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
रोमी 12:6-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्। यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्; यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्नतासाथ कृपा देखाओस्।
रोमी 12:6-8 पवित्र बाइबल (NERV)
हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ। यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।
रोमी 12:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण परमेश्वरले आफ्नो अनुग्रहले हामीलाई दिनुभएका बेग्लाबेग्लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्वरको तर्फबाट बोल्न सक्नेले आफ्नो विश्वासअनुसार उहाँकै तर्फबाट बोलौं। सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्वरका शिक्षा दिन सक्नेले आफ्नो विश्वासको मात्राअनुसार शिक्षा देओस्। ठीक बाटोमा हिंड्न सल्लाह दिन सक्नेले सल्लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्ला मनले देओस्। काम मिलाउनेले सक्दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्।