रोमी 12:4-6
रोमी 12:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार
रोमी 12:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्।
रोमी 12:4-6 पवित्र बाइबल (NERV)
हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्। हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।
रोमी 12:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्लाबेग्लै काम छन्। त्यसै गरी हामी धेरै भए पनि ख्रीष्टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। यसकारण परमेश्वरले आफ्नो अनुग्रहले हामीलाई दिनुभएका बेग्लाबेग्लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्वरको तर्फबाट बोल्न सक्नेले आफ्नो विश्वासअनुसार उहाँकै तर्फबाट बोलौं।