रोमी 1:1-5

रोमी 1:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म पावल, येशू ख्रीष्‍टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरको त्‍यस सुसमाचारको निम्‍ति अलग गरिएको हुँ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्‍ना अगमवक्ताद्वारा पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। येशू ख्रीष्‍ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्‍माअनुसार शक्तिमा परमेश्‍वरका पुत्र ठहरिनुभयो। उहाँका नाउँको खातिर विश्‍वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्‍याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

म पावल, ख्रीष्‍ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ, जुन सुसमाचार परमेश्‍वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो। उहाँ येशू ख्रीष्‍ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्‍वरका पुत्र नियुक्त हुनुभयो। उहाँको नामको खातिर विश्‍वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:1-5 पवित्र बाइबल (NERV)

ख्रीष्ट येशूको सेवक पावलबाट, अभिवादन! परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ। परमेश्वरले धेरै पहिले नै आफ्ना अगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ। सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो। ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म पावल येशू ख्रीष्‍टको दास हुँ। उहाँले मलाई आफ्‍नो चुनिएका प्रेरित हुन बोलाउनुभयो र परमेश्‍वरको सुसमाचार सुनाउने काममा छुट्याउनुभयो। धेरै वर्षअघि परमेश्‍वरले सुसमाचार दिन्‍छु भन्‍ने प्रतिज्ञा गर्नुभयो। यही प्रतिज्ञा अगमवक्ताहरूले पवित्र धर्मशास्‍त्रमा लेखेका थिए। त्‍यो सुसमाचारचाहिँ परमेश्‍वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्‍मिनुभयो। पवित्र आत्‍माले देखाउनुभएअनुसार उहाँ परमेश्‍वरको शक्तिशाली पुत्र पनि हुनुहुन्‍छ। यो कुरा उहाँ मरेर पनि बिउँतिएकोले प्रकट गर्छ। हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले मलाई अनुग्रह देखाएर आफ्‍नो विशेष दूत बनाउनुभयो। सबै जातिका मानिसहरूले विश्‍वास गरेर उहाँले भनेका कुरा मानून् भनी म उहाँका नाउँमा खटाइएको हुँ।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्