प्रकाश 7:16-17
प्रकाश 7:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन, किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”
प्रकाश 7:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’ किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’ ‘अनि परमेश्वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”
प्रकाश 7:16-17 पवित्र बाइबल (NERV)
तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन। सिंहासनको माझमा भएको भेंडा़को पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
प्रकाश 7:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनीहरू अबदेखि कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्। घामले वा कुनै चर्को तापले उनीहरूलाई पोल्नेछैन किनभने सिंहासनको बीचमा हुनुहुने थुमाले नै उनीहरूको गोठालो भएर रक्षा गर्नुहुनेछ। उहाँले उनीहरूलाई जीवनको पानीका मूलमा डोर्याएर लानुहुनेछ। अनि परमेश्वरले नै उनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ।”