प्रकाश 3:1-13

प्रकाश 3:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि सार्डिसका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ। जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ। यसकारण तिमीले जे पायौ र सुन्‍यौ, सो सम्‍झ, त्‍यसलाई कायम राख र पश्‍चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्‍तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। तर सार्डिसमा कति व्‍यक्ति छन्, जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्, किनकि तिनीहरू योग्‍यका छन्‌। जसले जित्‍छ, त्‍यसलाई यसरी सेता वस्‍त्र पहिराइन्‍छ, र म त्‍यसको नाउँ जीवनको पुस्‍तकबाट मेटिदिनेछैनँ। म त्‍यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु। जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन। मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्‍दैन। तिमीसँग थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ। हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्‍नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्‍न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्‍ने तिनीहरूलाई बुझाइदिनेछु। तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन। जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा स्‍तम्‍भ बनाउनेछु, र ऊ त्‍यहाँबाट कहिल्‍यै बाहिर निस्‍कनेछैन। म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ यरूशलेम लेख्‍नेछु, जो मेरा परमेश्‍वरबाट स्‍वर्गदेखि तल आउँदछ। आफ्‍नै नयाँ नाउँ पनि म त्‍यसमा लेख्‍नेछु। जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“सार्डिसमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले परमेश्‍वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ। मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ। जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्‍वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु। यसकारण तिमीले जे पाएका र सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर र पश्‍चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैँ आउनेछु, र म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्; किनकि तिनीहरू योग्यका छन्। जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैँ, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाम जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता र उहाँका दूतहरूको अगि स्वीकार गर्नेछु। जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दावीदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन। मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नामलाई इन्कार गरेका छैनौ। म ती शैतानका सभाघरकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौँ भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु। तिमीले धैर्यसाथ सहेर मेरा आज्ञापालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ। हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्। जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको स्वर्गबाट आइरहेको नयाँ सहर यरूशलेमको नाम लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाम पनि लेखिदिनेछु। जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:1-13 पवित्र बाइबल (NERV)

“सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख: “उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमीहरूलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरूले गर्दै गरेका कुरा मलाई थाहा छ: “मानिसहरूले भन्दछन् कि तिमीहरू जीवित छौ। तर वास्तवमा तिमीहरू मृत हौ। उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्। यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं। “तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्। हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरूले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरूको समक्ष भन्नेछु। हरेक मानिस जसले यी कुराहरू सुन्छ आत्माले मण्डलीहरूलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ। “फिलाडेल्फियाको मण्डलीलाइ यो लेख: “उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन। “मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ। सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ। “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन। मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु। त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“सार्डिसमा भएका मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग सात तारा र परमेश्‍वरका सात आत्‍मा छन्, उहाँले यसो भन्‍नुहुन्‍छ। तिम्रा कामहरू मलाई थाहा छ, तिमीहरू जिउँदा छौ भन्‍ने नाम चलेको छ, तर वास्तवमा तिमीहरू मरेका छौ। यसकारण जाग र तिमीहरूसँग बचेका थोरै कुराहरू मासिन नदिएर बलियो पार किनभने परमेश्‍वरको अगाडि तिम्रा कामहरू मैले सिद्ध भेट्टाएको छैनँ। जे तिमीले सुनेका र सिकेका छौ, तिनको सम्‍झना गर। ती मान र तिम्रा पापबाट मन फर्काओ। तिमीहरू जागेनौ भने म तिमीहरूकहाँ चोरजस्‍तै आउनेछु र म आउने तिमीहरूलाई थाहा हुनेछैन। तर सार्डिसमा पनि कोही-कोही मानिसहरू छन्, जसले आफ्‍नो लुगा सफा राखेका छन्। उनीहरू मसित सेता लुगा लगाएर हिँड्‍नेछन् किनभने उनीहरू यसो गर्न योग्‍य छन्। जसले जित्‍छ, उसले यस्‍तो सेतो लुगा लाउनेछ र उसको नाउँ म जीवनको पुस्‍तकबाट कहिल्‍यै मेटाउनेछैन, तर ऊ मेरो हो भनेर मेरा पिता र उहाँका सबै स्‍वर्गदूतको अगाडि स्‍वीकार गर्नेछु। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन! “फिलाडेल्‍फिया मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “उहाँ जो पवित्र र सत्‍य हुनुहुन्‍छ, जसका हातमा दाऊद राजाको साँचो छ र जसले खोलेको ढोका कसैले बन्‍द गर्न सक्‍दैन अथवा बन्‍द गरेको ढोका कसैले खोल्‍न सक्‍दैन, उहाँले यसो भन्‍नुहुन्‍छ। तिम्रो काम मलाई थाहा छ। मैले तिम्रो अगाडि ढोका राखिदिएको छु। त्‍यसलाई कसैले बन्‍द गर्न सक्‍दैन। दुर्बल भए तापनि तिमीले मेरा सबै कुरा मानेका छौ र मेरो नाउँ अस्‍वीकार गरेका छैनौ। हामी यहूदी हौं भनेर ढाँट्‍ने शैतानका गुठका त्‍यहाँ जो छन्, उनीहरूलाई म तिम्रा पाउमा दण्‍डवत् गर्न लाउनेछु र मैले तिमीलाई प्‍यार गरिराखेको छु भन्‍ने कुरा उनीहरूलाई थाहा हुनेछ। पृथ्‍वीका सबै जातिहरूलाई जाँच्‍न यस संसारमा हुन आउने चर्को कष्‍टबाट म तिमीहरूलाई जोगाउनेछु किनभने तिमीहरूले धेरै कुरा सहेर मेरो आज्ञा मानेका छौ। हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्‍न नसकोस्। जसले जित्‍छ, मेरा परमेश्‍वरको मन्‍दिरमा म उसलाई एउटा खामो बनाउँछु र त्‍यहाँबाट ऊ कहिल्‍यै निस्‍कनेछैन। उसमा मेरा परमेश्‍वरको नाउँ अनि स्‍वर्गबाट ओर्लेर आउने उहाँको सहर नयाँ यरूशलेमको नाउँ लेख्‍नेछु र उसमा मेरो नयाँ नाउँ पनि लेख्‍नेछु। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन!

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्