प्रकाश 21:1-8

प्रकाश 21:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन। अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें। सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।” सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु। जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ। तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्‍वरबाट तल झरिरहेको देखेँ। तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्‍वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्‍नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, र परमेश्‍वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्‍ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।” सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्‍नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु। जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्। तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:1-8 पवित्र बाइबल (NERV)

तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो। मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।” उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।” उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु। कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ। तर मानिसहरू जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्

प्रकाश 21:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसपछि मैले नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वी देखें। पहिलो स्‍वर्ग र पहिलो पृथ्‍वी हराएर गयो अनि समुद्रचाहिँ लुप्‍त भयो। अनि परमेश्‍वरबाट स्‍वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्‍ना दुलहा भेट्‍न सिँगारिएकी दुलहीजस्‍तै गरी तयार भएको मैले देखें। सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्‍वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्‍वरले भन्‍नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्‍नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्‍वास गर्न सकिने कुरा हुन्।” अनि उहाँले भन्‍नुभयो, “अब सबै काम पूरा भइसके! अल्‍फा र ओमेगा आदि र अन्‍त म नै हुँ। जस-जसलाई तिर्खा लाग्‍छ, तिनीहरूलाई म जीवनको पानीको मूलबाट सित्तैंमा पिउन दिनेछु। ज-जसले जित्‍छ, उसले मबाट यो हक पाउनेछ। म उसका परमेश्‍वर हुन्‍छु र ऊ मेरो छोरो हुनेछ। तर कातरहरू, धोखाबाज गर्नेहरू, घिनलाग्‍दा काम गर्नेहरू, ज्‍यानमाराहरू, व्‍यभिचार गर्नेहरू, टुनामुना गर्नेहरू, मूर्ति पूज्‍नेहरू र सबै झूट बोल्‍नेहरूको ठाउँचाहिँ आगो र गन्‍धकले जलिरहेको कुण्‍ड हो। त्‍यसमा पर्नुचाहिँ दोस्रो मृत्‍यु हो।”

शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्