प्रकाश 2:26-29
प्रकाश 2:26-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु, र फलामको डन्डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु। म त्यसलाई बिहानको तारा दिनेछु। जसको सुन्ने कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।
प्रकाश 2:26-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु। अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’ जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु। जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।
प्रकाश 2:26-29 पवित्र बाइबल (NERV)
“जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ। जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु। जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।
प्रकाश 2:26-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जसले जित्छ र अन्तसम्म मेरो इच्छा पूरा गरिरहन्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार गर्न दिनेछु। त्यसपछि तिनीहरूमाथि एउटा फलामको डण्डाले शासन गर्नेछौ र तिनीहरूलाई माटाको भाँडाझैँ चकनाचुर पार्नेछौ। मैले पिताबाट पाएको यो अधिकार म तिमीहरूलाई दिनेछु। म तिमीहरूलाई बिहानको तारा पनि दिनेछु। “जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन!