प्रकाश 13:16-18
प्रकाश 13:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो। बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
प्रकाश 13:16-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो। त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्न वा बेच्न नपाउने भयो। बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्; किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।
प्रकाश 13:16-18 पवित्र बाइबल (NERV)
त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो। यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो। कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।
प्रकाश 13:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब त्यसले साना र ठूला, धनी र गरीब, कमारा र मुक्त सबैलाई आफ्ना दाहिने हातमा वा आ-आफ्ना निधारमा चिन्ह लाउन लगायो। यो दागचाहिँ त्यो जनावरको नाउँ अथवा त्यसको सङ्ख्या थियो अनि जति जनाले त्यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए। यसमा बुद्धि चाहिन्छ, जसको सम्झने शक्ति छ, त्यसले त्यो जनावरको सङ्ख्या बुझोस् किनभने त्यो सङ्ख्याले एउटा मान्छेको नाउँ बुझाउँछ र त्यसको सङ्ख्याचाहिँ ६६६ हो।