प्रकाश 12:10-11
प्रकाश 12:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ। तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
प्रकाश 12:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रो परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ। तिनीहरूले त्यसलाई थुमाको रगतले र तिनीहरूका साक्षीको वचनले जितेका छन्; तिनीहरूले मृत्युसम्मै पनि आफ्ना जीवनलाई प्रेम गरेनन्।
प्रकाश 12:10-11 पवित्र बाइबल (NERV)
तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फ्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो। हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्।
प्रकाश 12:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मैले स्वर्गमा यसो भनिएको एउटा ठूलो सोर सुनें, “अबदेखि हाम्रा परमेश्वरले उद्धार गर्नुहुन्छ र उहाँले आफ्नो राजकीय शक्ति देखाउनुभएको छ। अब उहाँको ख्रीष्टले अधिकार देखाउनुभएको छ। अब हाम्रा दाजुभाइहरूलाई दिन-रात परमेश्वरको अगाडि दोष लगाउने शैतान स्वर्गबाट फालिएको छ। थुमाको रगतले, उनीहरूले घोषणा गरेका सत्य वचनले र ज्यानसम्म दिन उनीहरू तयार भएका हुनाले हाम्रा भाइहरूले त्यसलाई जितेका छन्।