भजनसंग्रह 92:1-5 - Compare All Versions
भजनसंग्रह 92:1-5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो। बिहान तपाईंका करुणाको, र राती तपाईंको विश्वसनीयताको घोषणा गर्नु, तथा दश तारे सारङ्गी र वीणाको मृदु लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो। किनकि हे परमप्रभु, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु। हे परमप्रभु, तपाईंका कार्यहरू कति महान् छन्, तपाईंका विचारहरू कति गम्भीर छन्!
भजनसंग्रह 92:1-5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो। बिहान तपाईंको अचुक प्रेमको र राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु, दशतारे वीणाको सङ्गीतमा र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो। किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु। हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्! तपाईंका विचारहरू कत्ति गहन छन्!
भजनसंग्रह 92:1-5 NERV (पवित्र बाइबल)
परमप्रभुको गुण-गान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो। बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो, अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो। परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू तपाईंको लागि बजाउनु असल कुरा हो। हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो। हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं। हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो। तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
भजनसंग्रह 92:1-5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, सर्वोच्च परमेश्वर, तपाईंलाई धन्यवाद दिनु र आदर दिएर भजन गाउनु कति असल कुरा छन्! तारका बाजा बजाएर अनि वीणाको सूर निकालेर हरेक बिहान तपाईंको अटुट प्रेमबारे र हरेक रात तपाईंको विश्वासयोग्यताबारे घोषणा गर्दछु। हे परमप्रभु, तपाईंको सामर्थी कामले मलाई आनन्द दिँदछ। तपाईंले जे गर्नुभयो, त्यसले गर्दा म हर्षले गाउँदछु। परमप्रभु, तपाईंका कामहरू कति महान् छन्, तपाईंका विचारहरू कति गहिरा छन्।