भजनसंग्रह 84:1-12
भजनसंग्रह 84:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे सर्वशक्तिमान् परमप्रभु, तपाईंको वासस्थान कति मनोहर छ। परमप्रभुका मन्दिरको निम्ति मेरो प्राण इच्छुक छ, र मूर्च्छै पनि पर्छ। मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्वरको पुकारा गर्दछ। हे सर्वशक्तिमान् परमप्रभु, मेरा राजा अनि मेरा परमेश्वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बसेरा पाउँछे, अनि गौँथलीले गुँड़ बनाउँछे, जहाँ आफ्ना बचेरोहरूलाई राख्छे। तपाईंको वासस्थानमा बस्ने धन्यका हुन्, तिनीहरू सदैव तपाईंको प्रशंसा गर्छन्। सेला तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ, जसले आफ्ना हृदयमा सियोन जाने निधो गरेका छन्। तिनीहरू बाकाको बेँसी भएर जाँदा, तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्, शरद् ऋतुको वर्षाले त्यहाँ तलाउहरू बन्दछन्। तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्, जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामुन्ने उपस्थित हुनेछैन। हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। हे याकूबका परमेश्वर, मेरो कुरा सुन्नुहोस्। सेला हे परमेश्वर, हाम्रो ढाल हेर्नुहोस्, र आफ्ना अभिषिक्तमाथि निगाह राख्नुहोस्। तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ। किनकि परमप्रभु परमेश्वर सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले निगाह र इज्जत प्रदान गर्नुहुन्छ। सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नुहुन्न। हे सर्वशक्तिमान् परमप्रभु, तपाईंमा भरोसा राख्ने मानिस धन्यको हो।

भजनसंग्रह 84:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे सेनाहरूका याहवेह! तपाईंको वासस्थान कति मनोहर छ, याहवेहको मन्दिरका चोकहरूको निम्ति मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ; मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्वरको पुकार गर्दछ। हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि घर पाउँछे, अनि गौँथलीले गुँड पाउँछे, जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे। तपाईंको वासस्थानमा बस्ने धन्यका हुन्; तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्। सेला तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ; जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्। तिनीहरू बाकाको बेँसीबाट भएर जाँदा, तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्; शरद ऋतुको वर्षाले त्यहाँ आशिष् हुँदछ। तिनीहरूले बलमाथि बल प्राप्त गर्दै जान्छन्; जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामु उपस्थित हुँदैनन्। हे याहवेह सेनाहरूका परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; हे याकोबका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! सेला हे परमेश्वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्; तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्टि गर्नुहोस्! तपाईंको मन्दिरको चोकमा एक दिन अरू ठाउँको हजार दिनभन्दा उत्तम छ; दुष्टहरूका पालहरूमा बस्नुभन्दा त, बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ, किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ; याहवेहले निगाह र इज्जत दिनुहुन्छ; सत्य मार्गमा हिँड्नेहरूलाई याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्न। हे सेनाहरूका याहवेह, तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।
भजनसंग्रह 84:1-12 पवित्र बाइबल (NERV)
हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ। हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु। म एकदमै उत्तेजित छु। मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्। हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर, चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए। तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन् अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्। तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्। तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्। मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी हर्षका गीतहरू लिएर आउँछन्, तिनीहरू धेरै खुशी छन्। तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए, जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ। शरद ऋतुको बर्षाले ताल बनिन्छ। ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्। हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस् हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्। हे परमेश्वर, हाम्रो रक्षक को रक्षा गर्नुहोस्, तपाईंका अभिषिक्त राजा प्रति कृपालु हुनु होस्। हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका घरमा बस्नुभन्दा बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ। परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ। हे सेनाहरूका परमप्रभु, मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।
भजनसंग्रह 84:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे सर्वशक्तिमान् परमप्रभु! म कति तपाईंको मन्दिरलाई प्रेम गर्दछु! म त्यहाँ बस्न कति चाहन्छु! म परमप्रभुको मन्दिरमा बास गर्न अति इच्छा गर्दछु। मेरो सारा प्राणले जिउँदो परमेश्वरकहाँ म आनन्दको गीत गाउँदछु। भँगेराहरूले पनि गुँड बनाएका छन्, गौंथलीहरूको पनि आफ्नै घर छ, तिनीहरूले आफ्ना बच्चाहरूलाई तपाईंका वेदीछेउ राख्छन्, सर्वशक्तिमान् परमप्रभु मेरा राजा, मेरा परमेश्वर, तपाईंको मन्दिरमा बास गरेर सधैँ तपाईंको महिमा गाउनेहरू कति खुसी छन्। तपाईंबाट बल पाउनेहरू र सियोन पहाडमा जानलाई इच्छुक रहनेहरू कति खुसी छन्। तिनीहरू बाकाको बेसीको बीच भएर जाँदा त्यहाँ पानी उम्रनेछ, शरद् ऋतुको वर्षाले त्यहाँ पोखरीहरू भरिन्छन्। तिनीहरू बाटोमा जाँदैगर्दा झन् बलिया हुन्छन्, तिनीहरूले सियोनमा देवी-देवताहरूका पनि परमेश्वरलाई देख्नेछन्। परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। हे याकूबका परमेश्वर, मतिर कान थाप्नुहोस्! हे परमेश्वर, तपाईंले चुन्नुभएको हाम्रा राजालाई आशिष् दिनुहोस्। अरू कहीँ पनि बिताएका एक हजार दिनभन्दा तपाईंको मन्दिरमा बिताएको एक दिन असल हो। दुष्टहरूको घरमा बस्नुभन्दा त बरु म परमेश्वरको भवनको ढोकामा बस्न रुचाउँदछु। परमप्रभु हाम्रा रक्षक र गौरवपूर्ण राजा हुनुहुन्छ। उहाँले हामीलाई दया र मान गरेर आशिष् दिनुहुन्छ। उहाँले असल काम गर्नेहरूलाई कुनै पनि असल कुरो इन्कार गर्नुहुन्न। सर्वशक्तिमान् परमप्रभु! तपाईंमा भरोसा राख्नेहरू कति खुसी छन्!