भजनसंग्रह 8:5-6
भजनसंग्रह 8:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो, र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्भजनसंग्रह 8:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ। तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्भजनसंग्रह 8:5-6 पवित्र बाइबल (NERV)
तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो, अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो। तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्