भजनसंग्रह 55:12-14
भजनसंग्रह 55:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्यो म सहन सक्नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्योदेखि म लुक्न सक्नेथिएँ। तर त्यो त तिमी नै हौ, मजस्तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र। तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्थ्यो, जसै हामी मानिसको समूहसित परमेश्वरको भवनमा हिँड्थ्यौं।
भजनसंग्रह 55:12-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए, म त्यो सहन सक्नेथिएँ; यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए, म लुक्न सक्नेथिएँ। तर त्यो त मजस्तै मानिस, तँ नै होस्, मेरो सहकर्मी, मेरो घनिष्ठ साथी, जससँग मेरो एक समय मिठो सम्बन्ध थियो; मानिसहरूको भीडमा, हामी एकसाथ हिँड्थ्यौँ, परमेश्वरको भवनमा सँगै जान्थ्यौँ।
भजनसंग्रह 55:12-14 पवित्र बाइबल (NERV)
यदि यो शत्रु भएको भएता, म हेला गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें। तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्। हामी आपसमा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ, अनि हामी सँगै भीड-भाडमा छिर्दै-छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।
भजनसंग्रह 55:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्यसलाई सहन सक्थें। त्यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्योदेखि लुक्नेथिएँ। तर त्यो त तिमी मेरा मित्र हौ, मसँग काम गर्ने र मेरा हितका साथी! हामी आपसमा मनका कुरा खोलेर गर्थ्यौं र मन्दिरमा एकसाथ आराधना गर्थ्यौं।