भजनसंग्रह 42:4-5
भजनसंग्रह 42:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्झना हुन्छ: म कसरी ती उत्सव मनाउने जन-समूहसित हर्ष र धन्यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्वरको मन्दिरतर्फ लाने गर्थें। हे मेरो प्राण, तँ किन उदास हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
भजनसंग्रह 42:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरू म सम्झन्छु: कसरी ती उत्सव मनाउने जन समूहहरूसँग जयजयकार र धन्यवादसाथ, महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ। हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 42:4-6 पवित्र बाइबल (NERV)
जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय चर्किएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु। म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ! किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।
भजनसंग्रह 42:4-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ। त्यस बेला म झुण्ड-झुण्डसँग मिली परमेश्वरको मन्दिरमा जान्थें र तिनीहरूको अघि-अघि हिँड्दथे। आनन्दले भरिएको झुण्ड परमेश्वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे। म किन यति अफसोसी छु? किन म यति कष्ठित छु? म परमेश्वरमा आफ्नो आशा राख्नेछु, फेरि पनि म आफ्ना परमेश्वर र उद्धारकको प्रशंसा गर्नेछु!