भजनसंग्रह 40:7-8 - Compare All Versions

भजनसंग्रह 40:7-8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब मैले भनें, “म यहीँ छु, म आएको छु— धर्मशास्‍त्रमा मेरो विषयमा यस्‍तै लेखिएको छ। हे मेरा परमेश्‍वर, तपाईंको इच्‍छाबमोजिम गर्न म चाहन्‍छु, तपाईंको व्‍यवस्‍था मेरो हृदयभित्र छ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 40 NNRV

भजनसंग्रह 40:7-8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसैले मैले जवाफ दिँदैभन्छु। “म यहाँ छु, मेरा लागि तपाईंका शिक्षाहरू व्‍यवस्‍थाको पुस्‍तकमा छन्। मेरो परमेश्‍वर! म तपाईंको इच्‍छा पालन गर्न कति मन पराउँछु! तपाईंको शिक्षा मेरो मनमा राख्‍छु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 40 सरल नेपाली

भजनसंग्रह 40:7-8 NERV (पवित्र बाइबल)

यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु, जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ। हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु। म तपाईंको व्यवस्था जान्दछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 40 NERV

भजनसंग्रह 40:7-8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्‍वर; तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 40 NCV