भजनसंग्रह 40:1-3 - Compare All Versions
भजनसंग्रह 40:1-3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकारा सुन्नुभयो। उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो। उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्नेछन् र डराउनेछन्, र परमप्रभुमा भरोसा राख्नेछन्।
भजनसंग्रह 40:1-3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो। उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो। उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो; हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्नेछन्, र उहाँमाथि भरोसा राख्नेछन्।
भजनसंग्रह 40:1-3 NERV (पवित्र बाइबल)
मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो। उहाँले मेरा विलापहरू सुन्नुभयो। परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो। परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।” धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्, अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्। तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
भजनसंग्रह 40:1-3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्नुभयो र मेरो पुकार सुन्नुभयो। मलाई डरलाग्दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्नुभयो। उहाँले मलाई चट्टानमाथि राख्नुभयो र सुरक्षित पार्नुभयो। उहाँले मलाई एउटा नयाँ गीत, हाम्रा परमेश्वरलाई प्रशंसाको स्तुतिगान गाउन सिकाउनुभयो। यो कुरा देख्ने धेरै जनाले चेतावनी पाउनेछन् र तिनीहरू परमप्रभुमा भरोसा राख्नेछन्।