भजनसंग्रह 32:1-5

भजनसंग्रह 32:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धन्‍य त्‍यो व्‍यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्‌। त्‍यो मानिस धन्‍य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जसको मनमा छलकपट छैन। जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्‍दनले मेरा हाड़हरू खिइएर गए। किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्‍मको तापले भएझैँ सुकिसकेको थियो। सेला तब मैले आफ्‍नो पाप तपाईंको सामुन्‍ने स्‍वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराध परमप्रभुको सामुन्‍ने स्‍वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला

शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्

भजनसंग्रह 32:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

धन्य हो त्यो मानिस, जसका अपराधहरू क्षमा भएका छन्; जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्‍न, जसको मनमा कुनै छलकपट छैन। जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्‍किए। किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्‍यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ, र मेरो अधर्म लुकाइ राखिनँ। मैले भनेँ, “म याहवेहको सामु मेरो अपराधहरू स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला

शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्

भजनसंग्रह 32:1-5 पवित्र बाइबल (NERV)

त्यो मानिस खुशी हुन्छ, जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्। त्यो मानिस खुशी हुन्छ, जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन। परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ। परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ। तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्

भजनसंग्रह 32:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ज-जसको पाप क्षमा गरिएका छन् र दुष्‍कर्म माफ भएका छन्, तिनीहरू कति खुसी छन्। जुन मानिसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जुन मानिसमा केही छलकपट छैन, ऊ कति खुसी हुन्‍छ। मैले पाप स्‍वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ। हे परमप्रभु! रात-दिन तपाईंले मलाई दण्‍ड दिनुभयो। गर्मीको दिनमा पानी सुकेझैँ मेरो बल पूरा सुकिगएको छ। तब तपाईंको सामु मैले मेरो पाप मानिलिएँ, मेरो दुष्‍ट कर्महरू लुकाइनँ, तर ती तपाईंअघि स्वीकार गर्ने निश्‍चय गरें र तपाईंले मेरा सारा पाप क्षमा गर्नुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्