भजनसंग्रह 30:1-2
भजनसंग्रह 30:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, म तपाईंका महानताको स्तुति गाउनेछु, किनभने तपाईंले मलाई गहिराइदेखि माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन। हे परमप्रभु मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्भजनसंग्रह 30:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, म तपाईंलाई उच्च पार्नेछु; किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन। हे याहवेह, मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्भजनसंग्रह 30:1-2 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु। हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्