भजनसंग्रह 28:8-9 - Compare All Versions
भजनसंग्रह 28:8-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ, र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ। तपाईंको प्रजालाई बचाउनुहोस्, र तपाईंको आफ्नो वंशलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला बन्नुहोस्, र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्।
भजनसंग्रह 28:8-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ, र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्ला हुनुहुन्छ। तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।
भजनसंग्रह 28:8-9 NERV (पवित्र बाइबल)
परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ। परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ। हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्। जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्। तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।
भजनसंग्रह 28:8-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्ना जनहरूको रक्षा गर्नुहुन्छ, उहाँले आफूले चुनेको राजालाई रक्षा गर्नुहुन्छ र बचाउनुहुन्छ। हे परमप्रभु! आफ्ना जनहरूलाई बचाउनुहोस्, तपाईंका आफ्ना मानिसहरूलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला हुनुहोस् र सधैँभरि तिनीहरूको हेरचाह गर्नुहोस्।