भजनसंग्रह 18:2 - Compare All Versions
भजनसंग्रह 18:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़।
भजनसंग्रह 18:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारकर्ता हुनुहुन्छ; मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु, उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्च गढ हुनुहुन्छ।
भजनसंग्रह 18:2 NERV (पवित्र बाइबल)
परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ।
भजनसंग्रह 18:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मेरो रक्षक हुनुहुन्छ; उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ। मेरा परमेश्वर मेरो रक्षक हुनुहुन्छ, उहाँको साथमा म सुरक्षित हुन्छु। ढालझैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मेरो रक्षा गरेर मलाई कुशल राख्नुहुन्छ।