भजनसंग्रह 17:13-15
भजनसंग्रह 17:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित गरिदिनुहोस्। आफ्नो तरवारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट छुटाउनुहोस्। हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी संसारका मानिसहरूबाट जसको पुरस्कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्त गर्नुहुन्छ। तिनीहरूका छोराहरूका लागि प्रशस्त छन्, आफ्ना बालबच्चाका लागि तिनीहरूले धन-सम्पत्ति थुपारेर राख्छन्। अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु।
भजनसंग्रह 17:13-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्। हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ, संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्। तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्टहरूको पेट भरिएको होस्; तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्, र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्। तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु; जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्ट हुनेछु।
भजनसंग्रह 17:13-15 पवित्र बाइबल (NERV)
हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्। हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्। मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
भजनसंग्रह 17:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आउनुहोस्, परमप्रभु, मेरा शत्रुहरूसँग लड्नुहोस् र तिनीहरूलाई हराउनुहोस्। आफ्नो तरवारले मलाई दुष्टहरूबाट रक्षा गर्नुहोस्। जीवनमा आफूले चाहेका सम्पूर्ण कुराहरू पाउन सक्ने मानिसहरूदेखि मेरो रक्षा गर्नुहोस्। तिनीहरूको लागि तपाईंले जम्मा पारीराख्नुभएको पीडाले तिनीहरूलाई दण्ड दिनुहोस्। त्यस्तो दण्ड तिनीहरूका सन्तानसम्मलाई पुग्ने गरी होस् र तिनीहरूका नाति-नातिनाको लागि पनि केही उब्रोस्। तर मैले तपाईंलाई देख्नेछु किनभने मैले केही दोष गरेको छैनँ, म ब्यूँझँदा तपाईंको उपस्थितिले गर्दा म आनन्दले भरिनेछु।