भजनसंग्रह 139:13-14
भजनसंग्रह 139:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
भजनसंग्रह 139:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो; तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो। म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्भुत छन्, म त्यो राम्ररी जान्दछु।
भजनसंग्रह 139:13-14 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।
भजनसंग्रह 139:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले मेरो हरेक अङ्ग बनाउनुभयो, आमाको गर्भमा तपाईंले मलाई रच्नुभयो। म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्मका छन्, यी सबै कुरा म आफ्नो हृदयबाट जान्दछु।