भजनसंग्रह 129:1-4
भजनसंग्रह 129:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्यै कष्ट दिएका छन्: इस्राएलले भनोस्: तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्य कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्। हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे। तर परमप्रभु धर्ममय हुनुहुन्छ, र उहाँले दुष्टहरूका बन्धन छिनालिदिनुभएको छ।
भजनसंग्रह 129:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्; “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्। हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्। तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”
भजनसंग्रह 129:1-4 पवित्र बाइबल (NERV)
मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ। मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्। तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो। तर परमप्रभुले डोरीहरू काटीदिनु भयो। अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
भजनसंग्रह 129:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्म तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर। “म युवा छँदैदेखि मलाई मेरा शत्रुहरूले निठुर भएर सताए, तर तिनीहरूले कहिल्यै मलाई जित्न सकेनन्। तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे र त्यसलाई जोतेको खेतबारीजस्तो बनाए। तर परमप्रभु धर्मी हुनुहुन्छ र उहाँले मलाई दासत्वबाट मुक्त गर्नुभएको छ।”