भजनसंग्रह 113:1-9

भजनसंग्रह 113:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका सेवक हो, प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर। परमप्रभुका नाउँको अहिलेदेखि लिएर सदासर्वदासम्‍मै प्रशंसा भइरहोस्‌! सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। परमप्रभु सबै जाति-जातिहरूमा उच्‍च हुनुहुन्‍छ, र उहाँको महिमा स्‍वर्गभन्‍दा उच्‍च छ। परमप्रभु हाम्रा परमेश्‍वरको समान को छ र? उहाँ, जो उच्‍च स्‍थानमा विराजमान हुनुहुन्‍छ, जो आकाश र पृथ्‍वीमाथि दृष्‍टि गर्न निहुरनुहुन्‍छ। कङ्गालीहरूलाई खरानीको थुप्रोबाट उहाँले उठाउनुहुन्‍छ, र दरिद्रहरूलाई घुरानबाट उचाल्‍नुहुन्‍छ। उहाँले तिनीहरूलाई राजकुमारहरूसँग, र आफ्‍नै प्रजाका राजकुमारहरूका साथमा बसाल्‍नुहुन्‍छ। बाँझी स्‍त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्‍थिर गरिदिनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर।

शेयर गर्नुहोस्
भजनसंग्रह 113 पढ्नुहोस्

भजनसंग्रह 113:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको प्रशंसा गर! हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर! अहिलेदेखि लिएर सदासर्वदा, याहवेहको नामको प्रशंसा भइरहोस्! सूर्योदयदेखि सूर्यास्तसम्म नै याहवेहको नामको प्रशंसा हुनुपर्छ! याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ; र उहाँको महिमा आकाशभन्दा उच्‍च छ। याहवेह हाम्रा परमेश्‍वरजस्तो को छ र? उहाँ उच्‍च सिंहासनमा विराजमान हुनुहुन्छ, जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी तल निहुरनुहुन्छ। उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ। उहाँले तिनीहरूलाई राजकुमारहरूसित, आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ। उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 113 पढ्नुहोस्

भजनसंग्रह 113:1-9 पवित्र बाइबल (NERV)

परमप्रभुको प्रशंसा गर! परमप्रभुका दासहरू उहाँको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर। परमप्रभुको नाउँ अहिले र सदा-सर्वदालाई धन्य बनी रहोस्। परमप्रभुको नाउँको प्रशंसा पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्। परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ। उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ। कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ। परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ। उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ। परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो। अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो। एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!

शेयर गर्नुहोस्
भजनसंग्रह 113 पढ्नुहोस्

भजनसंग्रह 113:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुको प्रशंसा गर! परमप्रभुका सेवकहरू हो, उहाँको नामको प्रशंसा गर! अहिले र सधैँभरि उहाँको नामको प्रशंसा होस्। सूर्योदयदेखि लिएर सूर्यास्‍तासम्‍म परमप्रभुको नामको प्रशंसा गर! सबै जातिहरूमाथि परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, आकाशमाथि उहाँको महिमा छ। परमप्रभु हाम्रा परमेश्‍वरजस्‍तो अरू कोही छैन। उहाँ अति उच्‍च ठाउँमा बास गर्नुहुन्‍छ। तर उहाँले आकाश र पृथ्‍वी हेर्न शिर निहुराउनुहुन्‍छ। उहाँले अभावमा परेकाहरूलाई तिनीहरूका दु:ख-पीडाबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्‍छ र तिनीहरूलाई राजकुमारहरूका; आफ्‍नै प्रजाका राजकुमारहरूका साथमा बसाल्‍नुहुन्‍छ। बाँझी स्‍त्रीलाई तिनैको घरमा उहाँले आदर दिनुहुन्‍छ। उहाँले तिनलाई बाल-बच्‍चा दिनुभएर खुसी गराउनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 113 पढ्नुहोस्