भजनसंग्रह 1:2-3 - Compare All Versions

भजनसंग्रह 1:2-3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ। त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 1 NNRV

भजनसंग्रह 1:2-3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर परमप्रभुको व्‍यवस्‍था मान्‍नलाई खुसी हुन्‍छ र रात-दिन त्‍यसको अध्‍ययन गर्छ, त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्‍नो फल दिने र पात पनि नओइलिने रूखजस्‍तो हुन्‍छ। त्यसले जुन कुरामा हात लाउँछ, त्‍यसमा सफल हुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 1 सरल नेपाली

भजनसंग्रह 1:2-3 NERV (पवित्र बाइबल)

धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ। यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समयमा फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 1 NERV

भजनसंग्रह 1:2-3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्। तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 1 NCV