हितोपदेश 6:6-11 - Compare All Versions
हितोपदेश 6:6-11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्! त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ। ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्? क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ।
हितोपदेश 6:6-11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हे अल्छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्। तिनीहरूका कुनै अगुवा, मुखिया वा शासक हुँदैन, तर ग्रीष्म ऋतुमा तिनीहरूले आफ्ना खाना बटुल्दछन् र जाडोको समयको लागि भण्डार तयारी गर्छन्। अल्छी मानिस कहिलेसम्म ओछ्यानमा लडिरहने हो? त्यो कहिले उठ्ने हो? त्यसले भन्छ, “म एकैछिन सुत्नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” तर त्यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्यसमाथि आइलाग्नेछ।
हितोपदेश 6:6-11 NERV (पवित्र बाइबल)
हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक। कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन। तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, खाना जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ। हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ। अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।
हितोपदेश 6:6-11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्! त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ, तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ। ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्? एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।