हितोपदेश 6:16-19
हितोपदेश 6:16-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्: अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला, असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।
हितोपदेश 6:16-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्: अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट युक्ति रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू, असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस।
हितोपदेश 6:16-19 पवित्र बाइबल (NERV)
परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,: आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्। त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा़़ लगाउँछ।
हितोपदेश 6:16-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ र सहन सक्नुहुन्न: अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको हत्या गर्ने हात, दुष्ट जाल रच्ने मन, दुष्ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस।