हितोपदेश 3:5-12

हितोपदेश 3:5-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌ आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ। आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌। यसले तेरो शरीरलाई स्‍वस्‍थ तुल्‍याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ। आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌। हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्‍कीलाई खराब नठान्, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्‍नो प्‍यारो छोरालाई अनुशासन दिन्‍छन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:5-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर! आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ। आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग! यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ। आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर। तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्। हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ; किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:5-12 पवित्र बाइबल (NERV)

तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ। आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस। यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ। तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ। हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:5-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्‌, म जान्‍दछु भन्‍ने तेरो विचारमा निर्भर नहो। आफ्‍ना सबै काममा परमप्रभुलाई सम्‍झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ। आफूलाई ज्‍यादै बुद्धिमान् नठान्, खालि परमप्रभुको आज्ञा मान् र दुष्‍ट्याइँबाट जोगिने गर्‌। त्‍यसो गरिस् भने त्‍यो तेरो चोट निको पार्ने र घाउको दु:खाइ कम गर्ने असल ओखतीझैँ हुनेछ। आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना उब्‍जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्‌। त्‍यसो गरिस् भने तेरा ढुकुटीहरू अन्‍नले भरिनेछन् र तेरो दाख-कुण्‍ड दाखमद्यले भरिएर पोखिनेछ। ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्‍यान दे र त्‍यसलाई विरक्त नमान् किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्‍ड दिन्‍छ, त्‍यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ, उसैलाई सुधार्नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:5-12

हितोपदेश 3:5-12 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्