हितोपदेश 28:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
हितोपदेश 28:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब देश बागी बन्छ, त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्छ।
हितोपदेश 28:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
एउटा जातिले पाप गरे त्यसका शासक बदलिरहन्छ। तर त्यसका शासकहरू र समझदार भए जाति बलियो र दिगो भइरहन्छ।
हितोपदेश 28:2 NERV (पवित्र बाइबल)
जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।
हितोपदेश 28:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ।