हितोपदेश 23:6-8
हितोपदेश 23:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कन्जुस मानिसको भोजन नखा, त्यसको मीठो भोजनको लोभ नगर्, किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई “खानुहोस्, पिउनुहोस्” भन्छ, तर त्यसको मन तँसित हुँदैन। तैंले त्यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्यसलाई तैंले गरेको अभिवादन त्यसै खेर जानेछ।
हितोपदेश 23:6-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्ठ भोजनको चाहना नगर; किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन। तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ।
हितोपदेश 23:6-8 पवित्र बाइबल (NERV)
एउटा कन्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर। त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन। तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।
हितोपदेश 23:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कन्जुस मानिसकहाँ भोज खान नजाओ, त्यसले दिएको मीठो भोजनको लोभ नगर। त्यसले “खाऊ, अझ लेऊ त,” भन्छ तर त्यो भनेको मात्र हो, त्यसको अर्थ त अर्कै हुन्छ। त्यसको जस्तो सोच छ, त्यस्तै त्यो कन्जुस हुन्छ। तिमीले खाएको बान्ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ।