हितोपदेश 13:4-6
हितोपदेश 13:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ।
हितोपदेश 13:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्। धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ। धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्टताले पापीलाई नष्ट पार्छ।
हितोपदेश 13:4-6 पवित्र बाइबल (NERV)
अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ। धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन् तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्। इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
हितोपदेश 13:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अल्छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्यो कहिल्यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्त गर्नेछ। इमानदार मानिसहरूले झूटो कुरालाई घृणा गर्दछन् तर दुष्टहरूका वचन लाजलाग्दा र बदनामी ल्याउने हुन्छन्। धर्मीले निर्दोषको रक्षा गर्छ तर दुष्ट्याइँले पापीहरूको पतन गराउँछ।