हितोपदेश 13:1-3
हितोपदेश 13:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमान् छोराले आफ्ना बुबाको अर्तीमा ध्यान दिन्छ, तर खिल्ली उड़ाउनेले हप्की सुन्दैन। मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ। आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।
हितोपदेश 13:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ। आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्वासघातीहरू हिंसाकै चाहना गर्छन्। आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्ट हुन्छ।
हितोपदेश 13:1-3 पवित्र बाइबल (NERV)
एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन। तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैँ खराब काम मात्र गर्न चाहान्छन्। एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।
हितोपदेश 13:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुधार्नलाई बुबाले अर्ती दिँदा बुद्धिमान् छोराले त्यसमा ध्यान दिन्छ तर अहङ्कारीले कहिल्यै आफ्नो भुल स्वीकार गर्दैन। असल मानिसले आफ्नो बोलीअनुसार इनाम पाउँछ तर छलीहरूचाहिँ हिँसा गर्न नै भोकाइरहेका हुन्छन्। आफ्नो बोलीको ख्याल गर् र प्राण जोगा। जथाभावी बोल्नेले आफ्नै नाश गर्छ।