हितोपदेश 10:1-3
हितोपदेश 10:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमान् छोराले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ। अन्यायसँग कमाएको धनको केही मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।
हितोपदेश 10:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्। अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न; तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।
हितोपदेश 10:1-3 पवित्र बाइबल (NERV)
एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ। खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ, ईमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ। परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।
हितोपदेश 10:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमनका उखानहरू यी नै हुन्: बुद्धिमान् छोराले बुबाको छाती गर्वले फुलाउँदछ तर मूर्ख छोराले आफ्नी आमालाई पीर पार्दछ। बेइमानीले कमाएको धन काम लाग्दैन तर इमानदारीताले तिम्रो ज्यान बचाउँछ। परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्न तर दुष्टलाई त्यसले चिताएको कुरा पाउन दिनुहुन्न।