फिलिप्पी 4:4-9 - Compare All Versions

फिलिप्पी 4:4-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ। कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर। तिमीहरूले जुन कुरा मबाट सिक्‍यौ, र ग्रहण गर्‍यौ र सुन्‍यौ र ममा देख्‍यौ, त्‍यही गर, र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 4 NNRV

फिलिप्पी 4:4-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्। तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ। अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्‍ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर। जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्‍यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 4 NCV

फिलिप्पी 4:4-9 NERV (पवित्र बाइबल)

सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ। मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं। दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ

शेयर गर्नुहोस्
फिलिप्पी 4 NERV

फिलिप्पी 4:4-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

प्रभुमा सधैँ आनन्‍द मनाओ, फेरि भन्‍दछु, आनन्‍द मनाओ। तिमीहरूले सबैसँग राम्रो व्‍यवहार गर। प्रभु चाँडै आउनुहुन्‍छ। केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्‍वरलाई भन अनि धन्‍यवाद दिंदै बिन्‍ती चढाओ। परमेश्‍वरको शान्‍ति कसैले बुझ्‍नै नसक्‍ने छ। यही शान्‍तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्‍ट येशूमा जोगाएर राख्‍नेछ। आखिरमा दाजुभाइहरू, तिमी सत्‍य, असल, ठीक, स्‍वच्‍छ, सुन्‍दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ। मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्‍ति दिने परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 4 सरल नेपाली