फिलिप्पी 4:11-14
फिलिप्पी 4:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयौ, सो असल गर्यौ।
फिलिप्पी 4:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन मैले सिकेको छु। म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ। मेरो कष्टमा सहभागी हुनु तिमीहरूको लागि असल हो।
फिलिप्पी 4:11-14 पवित्र बाइबल (NERV)
म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु। म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु। म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ। तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ।
फिलिप्पी 4:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म खाँचोमा भएँ भनेर यो मैले भनेको होइनँ कारण जे कुरा मसित छ, त्यसैमा सन्तोष मान्न मैले सिकेको छु। खाँचो पर्दा पनि र प्रसस्त हुँदा पनि कसरी जीवन चलाउने, म जान्दछु। जुनसुकै समयमा पनि, अघाए पनि, भोकाए पनि, धेरैमा पनि, थोरैमा पनि मैले सन्तुष्ट भएर जिउन सिकेको छु। म ख्रीष्टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्छु। तैपनि मलाई अप्ठ्यारो परेको बेला सहायता गरेर तिमीहरूले एकदमै राम्रो गर्यौ।