फिलिप्पी 3:7-9

फिलिप्पी 3:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर जति कुरा मेरो निम्‍ति लाभदायक थिए, ती त मैले ख्रीष्‍टको खातिर हानि नै ठानें। साँच्‍चै भन्‍ने हो भने ख्रीष्‍ट येशू मेरा प्रभुलाई चिन्‍न पाउने अमूल्‍य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्‍दछु। ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ भनेर उहाँको निम्‍ति मैले सबै कुराको नोक्‍सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्‍य म गन्‍दछु, र सम्‍पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्‍यवस्‍थामाथि आधारित भएको मेरो आफ्‍नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्‍टमाथि निर्भर हुन्‍छ, जुनचाहिँ विश्‍वासद्वारा परमेश्‍वरबाट आउने धार्मिकता हो।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर त्‍यस बेला मैले आफ्‍नो निम्‍ति लाभदायक सम्‍झेका सबै कुरा अब ख्रीष्‍टको निम्‍ति त व्‍यर्थै ठान्‍छु। यति मात्र होइन, येशू ख्रीष्‍ट मेरा प्रभु हुन् भन्‍ने अति बहुमूल्‍य ज्ञान पाएर अरू सब कुरा व्‍यर्थको ठान्‍छु। उहाँकै निम्‍ति मैले सबै कुरा त्‍यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्‍झेको छु र उहाँमा नै लीन हुन चाहन्‍छु। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक ठहरिने मेरो आफ्‍नै धार्मिकता छैन। तर अब त परमेश्‍वरले नै मलाई ख्रीष्‍टमा विश्‍वास गरेकोले ठीक ठहराउनुहुन्‍छ। यो धार्मिकता विश्‍वासमा अडेको छ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्