फिलिप्पी 3:20-21
फिलिप्पी 3:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं। उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।
फिलिप्पी 3:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।
फिलिप्पी 3:20-21 पवित्र बाइबल (NERV)
तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।
फिलिप्पी 3:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीहरू त स्वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनुहुन्छ भनेर हामीले बाटो हेरिरहेका छौं। उहाँले सबै चीजहरू आफ्नै अधीनमा पारिसक्नुहुन्छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्तै नमर्ने र चम्किलो शरीर बनाउनुहुनेछ।