फिलिप्पी 3:19-20
फिलिप्पी 3:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ। तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं।
फिलिप्पी 3:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ। तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ।
फिलिप्पी 3:19-20 पवित्र बाइबल (NERV)
तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ।
फिलिप्पी 3:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूको अन्त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्दछ। हामीहरू त स्वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनुहुन्छ भनेर हामीले बाटो हेरिरहेका छौं।