फिलिप्पी 3:17-18
फिलिप्पी 3:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर। मैले धेरै पल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन्।
फिलिप्पी 3:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। किनकि मैले तिमीहरूलाई धेरै पल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्।
फिलिप्पी 3:17-18 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु।
फिलिप्पी 3:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए मेरा दाजुभाइहरू, तिमीहरूले पनि मैले जस्तै गर। हामी तिमीहरूका लागि राम्रो नमुना भएका छौं। यसैले यही नमुनाअनुसार चल्नेहरूलाई नै तिमीहरूले पछ्याओ। मैले तिमीहरूलाई धेरै चोटि भनिसकेको छु, अहिले पनि ठूलो दु:खसाथ भन्दछु, धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु नै भएर हिंड्दछन्।