फिलिप्पी 2:8-11
फिलिप्पी 2:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।

फिलिप्पी 2:8-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ, यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ; अनि परमेश्वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
फिलिप्पी 2:8-11 पवित्र बाइबल (NERV)
जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो। अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो। ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो, यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो। उहाँले यसो गर्नुभयो, ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्। “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्। जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ।
फिलिप्पी 2:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले नम्र भएर मृत्युसम्म, क्रूसकै मृत्युसम्म आज्ञा मान्नुभयो। त्यसो हुँदा परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्च नाउँ दिनुभयो। यसरी स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्नेछन्। येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर सबैले खुल्लमखुल्ला परमेश्वरको सम्मान्को निम्ति घोषणा गर्नेछन्।