फिलिप्पी 2:7-9
फिलिप्पी 2:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ

फिलिप्पी 2:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो। अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ
फिलिप्पी 2:7-9 पवित्र बाइबल (NERV)
परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो, र मानव हुन जन्मनु भयो। अनि सेवक हुनु भयो। जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो। अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो। ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो, यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।
फिलिप्पी 2:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले आफ्नै इच्छाले यी सबै त्याग्नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्तै मानिस भएर जन्मनुभयो। उहाँले नम्र भएर मृत्युसम्म, क्रूसकै मृत्युसम्म आज्ञा मान्नुभयो। त्यसो हुँदा परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्च नाउँ दिनुभयो।