फिलिप्पी 2:21-24
फिलिप्पी 2:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु। अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।
फिलिप्पी 2:21-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। अनि म प्रभुमा निश्चित छु, कि म आफैँ पनि चाँडै आउनेछु।
फिलिप्पी 2:21-24 पवित्र बाइबल (NERV)
अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।
फिलिप्पी 2:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अरू त सबै आफ्नै धुनमा मात्रै छन्, येशू ख्रीष्टको बारेमा वास्ता गर्ने कोही पनि छैनन्। उनले र मैले नै बुबा र छोराझैँ सुसमाचार फैलाउन कसरी काम गरेका थियौं र उनी कस्ता मानिस हुन्, तिमीहरूलाई थाहै छ। हेरौं, मलाई के-के हुने हो! ती कुराहरू थाहा पाउनासाथ मैले तिमोथीलाई पठाउने आशा राखेको छु। प्रभुको इच्छा भए, म पनि चाँडै आउने विश्वास राखेको छु।