फिलिप्पी 2:19-23
फिलिप्पी 2:19-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्न हुन सकूँ। तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु।
फिलिप्पी 2:19-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्न हुन सकूँ। मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु।
फिलिप्पी 2:19-23 पवित्र बाइबल (NERV)
तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु। तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु।
फिलिप्पी 2:19-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रभु येशूको इच्छा भए आशा छ, म चाँडै तिमोथीलाई तिमीहरूकहाँ पठाउनेछु। र तिमीहरूको खबर पाउँदा मलाई पनि खुसी लाग्नेछ। साँचो मनले तिमीहरूको वास्ता राख्ने तिमोथीबाहेक मसँग अरू कोही छैन। अरू त सबै आफ्नै धुनमा मात्रै छन्, येशू ख्रीष्टको बारेमा वास्ता गर्ने कोही पनि छैनन्। उनले र मैले नै बुबा र छोराझैँ सुसमाचार फैलाउन कसरी काम गरेका थियौं र उनी कस्ता मानिस हुन्, तिमीहरूलाई थाहै छ। हेरौं, मलाई के-के हुने हो! ती कुराहरू थाहा पाउनासाथ मैले तिमोथीलाई पठाउने आशा राखेको छु।