फिलिप्पी 2:12-18
फिलिप्पी 2:12-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ। जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ। यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
फिलिप्पी 2:12-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। गनगन र वाद-विवाद नगरी सबै काम गर; ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ। तर यदि तिमीहरूको विश्वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ।
फिलिप्पी 2:12-18 पवित्र बाइबल (NERV)
मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ। कुनै गनगन वा बहस नगरी सबै काम गर। तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु। तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु। त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।
फिलिप्पी 2:12-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण प्यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्न झन् खाँचो छ। तिमीहरूले डरले काम्दै आफूले पाएको मुक्तिलाई व्यवहारमा लेओ किनभने परमेश्वरले तिमीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै तिमीहरूलाई उहाँको उद्देश्य पूरा गर्न मन र सामर्थ दिनुहुन्छ। कुनै काम गर्दा झर्को नमानी गर। यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्वरको निष्कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्यालो बनाएझैँ तिनीहरूको माझमा चम्कनुपर्छ र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्तो गर्यौ भने मेरो दौड र परिश्रम त्यसै खेर गएनछ भनी ख्रीष्ट आउँदा मैले घमण्ड गर्ने मौका पाउनेछु। तिमीहरूले चढाएको विश्वासको बलिदानमा मेरो पनि रगत बलिदान स्वरूप बहे पनि यसमा म खुसी छु र मेरो खुसीयाली मा तिमीहरू पनि सहभागी होओ। त्यसै गरी तिमीहरू खुसी होओ र म तिमीहरूको खुसीयाली मा सहभागी बन्न सकूँ।