फिलिप्पी 1:9-12
फिलिप्पी 1:9-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदैजाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ। भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ
फिलिप्पी 1:9-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। अनि परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।
फिलिप्पी 1:9-12 पवित्र बाइबल (NERV)
तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो।
फिलिप्पी 1:9-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्। त्यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्नेछौ अनि ख्रीष्ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ। अनि परमेश्वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्टले दिने असल फलहरू फल्नेछन्। दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्ने म चाहन्छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्।