फिलिप्पी 1:4-6
फिलिप्पी 1:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु, कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु। मलाई यो दृढ़ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ।
फिलिप्पी 1:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
फिलिप्पी 1:4-6 पवित्र बाइबल (NERV)
प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
फिलिप्पी 1:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म सघाउँदै आएका छौ। परमेश्वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्टको राज्य नआएसम्म परमेश्वरले नै सम्हाल्नुहुनेछ। यसमा मेरो पूरा विश्वास छ।