फिलिप्पी 1:3-7

फिलिप्पी 1:3-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरूप्रतिका मेरा सबै सम्‍झनामा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु, कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु। मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ। तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:3-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्‍ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ। तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:3-7 पवित्र बाइबल (NERV)

जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु। तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:3-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जहिले पनि तिमीहरूलाई सम्‍झँदा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु। सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्‍म सघाउँदै आएका छौ। परमेश्‍वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्‍टको राज्‍य नआएसम्‍म परमेश्‍वरले नै सम्‍हाल्‍नुहुनेछ। यसमा मेरो पूरा विश्‍वास छ। तिमीहरूलाई सधैँ मैले आफ्‍नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्‍तै विचार गर्न मलाई ठीक लाग्‍यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्‍वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्